Author: नेपाल राज्य
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैदेशिक रोजगारीमा गएकाहरूका परिवारलाई अनिवार्य स्वास्थ्य बीमामा आबद्ध गराउन देशभरका पालिकाहरुलाई पत्राचार गरेको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेलको पहलमा ऐनमा व्यवस्था भए पनि कार्यान्वयनमा नआएको प्रावधानलाई लागू गर्न यो कदम चालिएको हो। स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार राष्ट्रसेवक तथा वैदेशिक रोजगारी जाने कामदारका परिवारको स्वास्थ्य बीमा अनिवार्य गरिएको छ। यो व्यवस्थाले स्वास्थ्य बीमा कोषमा झन्डै ४० अर्ब रुपैयाँ थपिने अनुमान गरिएको छ।
काठमाडौं । बैंकिङ कसुर मुद्दामा नुवाकोटकी अस्मिता तामाङ पक्राउ परेकी छन् । विदुर नगरपालिका–७ की ३४ वर्षीया तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले असार २ गते काठमाडौं महानगरपालिका–१६ बाट पक्राउ गरेको हो । काठमाडौँ जिल्ला अदालतबाट २०८२ वैशाख ३१ गते पक्राउ अनुमति लिइएको थियो । उनीमाथि १ लाख ५ हजार रुपैयाँ बिगो कायम गरिएको छ । प्रहरीका अनुसार उनलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्जमा पठाइएको छ । उक्त मुद्दामै श्याम कुमार कार्की पनि पक्राउ परेका छन् ।
काठमाडौं । धरान उपमहानगरपालिकामा श्रमदानको भुक्तानी विवाद चर्किएपछि प्रमुख हर्क साम्पाङ र उपप्रमुख आइन्द्र बिक्रम बेघाबीच झडप भएको छ। ‘बहुभाषिक विद्यालय पश्चिम सर्दु रोकथाम समिति’ले ७ लाख ४१ हजार रुपैयाँ माग गरेपछि उपप्रमुखले भुक्तानी रोकिदिएका थिए। त्यसपछि नगरको सवारीको चाबी खोसिएको र मंगलबार विवाद हात हालाहालसम्म पुगेको प्रहरीले जनाएको छ। नगर परिसर दिनभर तनावग्रस्त बनेको थियो।
काठमाडौं । सामाजिक सञ्जालमा जथाभावी बाेल्ने ड्राइभर रेशम पौडेल पक्राउ परेका छन् । बागलुङका ३६ वर्षीय रेशमराज (रेशम) पौडेललाई सार्वजनिक शिष्टाचारविरुद्ध सामग्री पोस्ट गरेको आरोपमा प्रहरीले नेपालगञ्जबाट पक्राउ गरेको छ। युट्युबलगायत प्लेटफर्ममा आधारहीन र नकारात्मक सामग्री प्रसारण गरेको भन्दै उनलाई साइबर ब्यूरोले नियन्त्रणमा लिएको हो। विद्युतीय कारोबार ऐनअन्तर्गत म्याद थप गरी अनुसन्धान जारी छ।
काठमाडौं । रास्वपाका सांसद मनिष झाले भिजिट भिसा र मानव बेचबिखन प्रकरणमा उच्चस्तरीय छानबिनको मागबाट आफूहरू पछि नहट्ने बताएका छन्। उनले सरकारका विधेयकमा समर्थन गर्न तयार भए पनि छानबिन मागमा कडाइका साथ अडिने जनाए। गृहमन्त्री रमेश लेखकको संलग्नता उठेपछि रास्वपाले राजीनामा र छानबिन समिति माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ। मंगलबार संघीय सदनमा निलो रिबन लगाएर रास्वपा सांसदले विरोध जनाएका थिए ।
गुल्मी । गुल्मी जिल्लाको मदाने गाउँपालिका-२ बाँझकटेरी सिराहाका ४० वर्षीय गीता राम भुसाल जेठ २९ गतेदेखि बेपत्ता भएका छन् । बोल्नमा असहजता भएका भुसाल घरबाट निस्केपछि सम्पर्कविहीन भएका हुन् । पछिल्लो पटक असार २ गते सोमबार अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका–३, रातामाटा क्षेत्रमा देखिएको भन्ने जानकारी स्थानियबासीले दिएका थिए तर त्यसयता उहाँको अत्तोपत्तो लागेको छैन । उहाँका परिवारजनले गम्भीर चिन्ता व्यक्त गर्दै भुसाललाई देख्नुभएमा नजिकैको प्रहरी कार्यालय वा निम्न सम्पर्क नम्बरमा जानकारी गराइदिन सबैमा अपील गरेका छन् । सम्पर्क नम्बरहरू: 📞 9867042130 📞 9857086740 📞 9867749761
काठमाडौं । अर्घाखाँची जिल्लाका प्रवासी नेपालीहरुको सक्रिय सहभागितामा भुमिकास्थान नगरपालिकाबाट यूएईमा कार्यरत नेपालीहरूद्वारा गठित भुमिकास्थान सम्पर्क समिति, अर्घाखाँची–यूएई को प्रथम अधिवेशन तथा संस्था स्थापना समारोह भव्य रूपमा सम्पन्न भएको छ। बैदिक सनातन परम्परा र पूर्वीय दर्शन अनुरूप विधिवत रूपमा पण्डितज्यूहरूद्वारा स्वस्तिवाचन तथा दीप प्रज्वलन गरी अधिवेशनको उद्घाटन गरिएको थियो। कार्यक्रममा यूएईमा कार्यरत अर्घाखाँचीका दर्जनौँ नेपालीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमले समाजमा देखा पर्ने विविध सामाजिक समस्याहरूको समाधान गर्ने उद्देश्यका साथ आगामी २०२५–२०२७ कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनबाट सामाजिक क्षेत्रमा क्रियाशील दिपक शाह ठकुरीको नेतृत्वमा गठित नयाँ कार्यसमितिलाई उपस्थित सम्पूर्ण प्रवासी नेपालीहरूले शुभकामना तथा बधाई दिएका छन् ।…
लक्ष्मी खनाल, अर्घाखाँची । सन्धिखर्क नगरपालिका–५ मा महिलालाई लक्षित गरी सञ्चालन गरिएको साबुन, सरफ र हरपिक उत्पादनसम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ। महिलाको आर्थिक सशक्तीकरण र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा वडा नम्बर ५ का करिब २५ जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो। तालिमले सहभागी महिलाहरूलाई घरेलु सामग्रीको उत्पादन, प्रयोग र बजार व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरेको छ। कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले महिलाको सशक्तिकरणका लागि यस्ता तालिमहरू अत्यन्तै उपयोगी रहेको बताए उनले भने, “सीपमूलक तालिमहरूले रोजगारी सिर्जना गर्ने, स्थानीय स्रोतको सदुपयोग हुने, फोहोरमैला व्यवस्थापनमा सहयोग पुग्ने र आर्थिक रुपमा आत्मनिर्भर बनाउने महत्त्वपूर्ण भूमिका खेल्दछ।”…
अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीले दिवंगत नेता नन्दबहादुर आचार्यको नवौं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ। कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दिवंगत नेता पार्टीका पथप्रदर्शक रहेको बताउँदै उहाँको निधनले अपुरणीय क्षति पुगेको बताए। भावुक हुँदै मुख्यमन्त्री आचार्यले नेता आचार्यसँगको राजनीतिक तथा पारिवारिक सम्बन्ध गहिरो रहेको उल्लेख गर्दै मन्तव्य नै अधुरो छोड्नु परेको थियो। दिवंगत नेताको श्रीमती तथा सन्धिखर्क नगरपालिकाका उपप्रमुख मिश्रा आचार्य पनि मन्तव्यका क्रममा अत्यन्त भावुक बनेकी थिइन्। कार्यक्रम नेकपा एमाले सन्धिखर्क नगरकमिटी अध्यक्ष कुशल भुसालको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा केन्द्रीय सल्लाहकार परिषद् सदस्य लक्ष्मण रायमाझी, नरेन्द्रकुमार क्षेत्री, जिल्ला अध्यक्ष पीताम्बर भुसाल लगायतको उपस्थिति रहेको थियो।
रुद्रमणि भुसाल, अर्घाखाँची। जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त आयोजनामा आज अर्घाखाँची जिल्लाको फुतबाङ नरपानी, अरगुरी पाली दुर्गाफाँट र पोखराथोकमा अनुगमन गर्दा विभिन्न पसल अनुगमन गरी उपभोग गर्न नमिल्ने र म्याद नाघेका झण्डै १५ हजार बराबरको सामान जफत गरि नष्ट गरिएको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले जानकारी दिनुभयो । नरपानी पाली दुर्गाफाँट र पोखराथोकमा गरिएको अनुगमनमा विभिन्न किराना तथा फलफुल पसलहरूमा अनुगमन गर्दा अखाद्य मिठाई ,चाउचाउ, सुजी, चिजबल लगायतको सामानको म्याद गुर्जेका वस्तुहरू जफत गरी नष्ट गरिएको हो। अर्घाखाँची जिल्लामा पछिल्लो समय ग्रामीण क्षेत्रका पसलहरूमा पनि नियमित रूपमा अनुगमन गर्न थालिएपछि अहिले उपभोक्ताहरुमा केही…
