अर्घाखाँची ।
अर्घाखाँचीमा भन्सार छलि गरेको आरोपमा समान सहित भारतिय नागरिक पक्राउ परेका छन् ।
मंगलबार साझ करिब ६ बजे चुत्रावेशी हायस काउन्टर नजिकै भारतिय नागरिक ४५ वर्षीय मोहम्मद ईरफान पक्राउ परेका हुन् ।
उनले कालो र कमव्याट रंगको दुई वटा झोलामा करिब १ लाख बराबरको विभिन्न कम्पनीका मोटरसाईकलहरुको मोटरपार्टसका सामानहरु विल नलि अवैध रुपमा लिएर आएको हुँदा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक विष्णु प्रसाद पौडेलले बताएका हुन् ।
थप अनुसन्धानको लागि ईरफान लाई भैरहवा भन्सार कार्यालय सिद्धार्थनगर, रुपन्देही पठाइएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।