Author: नेपाल राज्य
गणेश खनाल, अर्घाखाँची । जिल्लामा करोडौँ रुपैयाँ लगानी गरेर निर्माण गरिएका १५ शय्याका आधारभूत अस्पताल भवन वर्षौँदेखि सञ्चालनमा आउन नसक्दा प्रयोगविहीन बनेका छन्। जनशक्ति तथा सञ्चालन खर्चको अभावका कारण ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले निर्माण गरिएका यी संरचनाहरू अलपत्र परेका हुन्। जिल्लाको भूमिकास्थान नगरपालिका, मालारानी गाउँपालिका र पाणिनी गाउँपालिकामा निर्माण सम्पन्न भएका अस्पताल भवनहरू हस्तान्तरण भएको लामो समय बितिसक्दा पनि सञ्चालनमा आउन सकेका छैनन्। करिब ३८ करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिएका यी भवनहरू प्रयोगविहीन बन्दै जाँदा राज्यको ठूलो लगानी जोखिममा परेको छ। भूमिकास्थान नगरपालिका–७ चिदीचौरमा निर्माण गरिएको १५ शय्याको आधारभूत अस्पताल भवन तीन वर्षदेखि सञ्चालनविहीन अवस्थामा छ।…
काठमाडौं । नेपाली लोकसंस्कृति र मौलिक परम्परालाई समेटेर तयार गरिएको लोकदोहोरी गीत “ए बहिनी जमुना” यतिबेला दर्शक तथा श्रोतामाझ अत्यन्तै लोकप्रिय बनेको छ। नेपाली समाजको मौलिक संस्कार, रतौली परम्परा र गाउँघरको जीवनशैलीलाई जीवन्त रूपमा प्रस्तुत गरिएको यस गीतको म्युजिक भिडियोले युट्युबमा उल्लेखनीय सफलता हासिल गरेको छ। गीतमा चर्चित लोकगायिका जमुना सनम र देवी आचार्य को सुमधुर स्वर रहेको छ। गीतका शब्द राजु सुनाम ले सिर्जना गरेका हुन् भने संगीत संयोजनमा पनि मौलिक लोकभाकालाई विशेष प्राथमिकता दिइएको छ। नेपाली रतौली संस्कृतिको झल्को दिने गीतले विशेषगरी महिला दर्शक तथा लोकसंस्कृतिप्रेमीहरूको मन छोएको प्रतिक्रिया प्राप्त भइरहेको हो। गायिका जमुना सनमको युट्युब च्यानलमा समाचार…
रोल्पा । रोल्पाको माडी गाउँपालिका–२ घर्ती गाउँस्थित व्याङखोलामा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आज बिहान करिब ८ बजे सडकबाट अनियन्त्रित भएर बोलेरो जिप करिब ६ सय मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा दुई पुरुष र एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । मृतकहरूको पहिचान खुल्न सकेको छैन । जिप भिरालो स्थानमा खसेकाले नम्बरसमेत स्पष्ट देखिन नसकेको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेको प्रहरी टोलीले उद्धार तथा थप अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डीएसपी पञ्चकुमार बाखु लगायतको सुरक्षाकर्मीको टोली अहिले घटनास्थलतर्फ जाँदै गरेका छन् ।…
लोकतन्त्र र राष्ट्रिय हितको संरक्षणमा युवाशक्तिको भूमिका निर्णायक : मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले युवावर्गलाई प्राथमिकतामा राखेको बताएका छन् । लुम्बिनी प्रदेशस्तरीय युवा सम्मेलन २०८३ को प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले नीति तथा कार्यक्रमका आधारमा आगामी बजेट तथा कार्यक्रम तर्जुमा गरिने उल्लेख गर्दै युवामैत्री योजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताउने बताए । मुख्यमन्त्री आचार्यले अधिकारको माग मात्र पर्याप्त नहुने भन्दै कर्तव्यप्रति सचेत हुन युवालाई आग्रह गरे । नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण पंगेनी, युनिसेफका प्रतिनिधि रिद्धि शर्मालगायतले युवाको सहभागिता, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वका विषयमा धारणा राखेका थिए ।
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल रास्वपा र सरकारका मन्त्रीहरुको दिल्ली दौड बाक्लिएको छ । सभापति रवि लामिछानेले गरेको शीर्ष भ्रमण नसकिँदै बालेन सरकारका परराष्ट्रमन्त्री शिशिर खनाल आज दिल्ली जाँदैछन् । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ती जारी गरी परराष्ट्रमन्त्री खनालको औपचारिक भ्रमण शुक्रबारदेखि सुरु भई आइतबार टुङ्गिने जनाएको छ । लामिछाने पाँचदिने औपचारिक भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किने दिन शुक्रबार परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने औपचारिक भारत भ्रमणमा प्रस्थान गर्ने भए । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको भ्रमणतालिका सार्वजनिक गरेको छ । परराष्ट्रमन्त्री खनालको यो पहिलो द्विपक्षीय औपचारिक विदेश भ्रमण हुनेछ । भ्रमणका क्रममा शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा उनका भारतीय समकक्षीसँग औपचारिक द्विपक्षीय…
बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका-१४ प्रगतिनगरमा मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। गएराति कावासोतीबाट नारायणगढतर्फ गइरहेको ना ५ ख १७५७ नम्बरको ट्रकमा ग१० प २२८७ नम्बरको मोटरसाइकल ट्रकमा ठोक्किँदा मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका-१ का ५१ वर्षीय ओमनारायण गुरौको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार दुर्घटनामा मोटरसाइकल चालक भारतीय नागरिक २६ वर्षीय विशालकुमार श्रीवास्तव गम्भीर घाइते भएका छन्।
काठमाडौं । काठमाडौंको तीनकुने-गैरीगाउँ क्षेत्रबाट विस्थापित भएका एक सुकुम्बासी युवकको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीय भेषराज दर्जी रहेका छन् । उनी गत वैशाख १२ गते उक्त क्षेत्रबाट हटाइएका सुकुम्बासीमध्ये एक थिए । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले वैशाख १२ गते तीनकुने-गैरीगाउँ क्षेत्रमा रहेका सुकुम्बासी बस्ती हटाएको थियो । सोही क्रममा विस्थापित भएका दर्जी त्यसयता कीर्तिपुरस्थित राधास्वामी सत्संगमा आश्रय लिएर बस्दै आएका थिए । वीर अस्पतालका अनुसार दर्जीलाई वैशाख १८ गते साँझ ७ बजेर १५ मिनेटमा अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । लामो समयसम्म उपचार जारी…
अर्घाखाँचीका रामजी प्रसाद घिमिरेलाई लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ मन्त्रीहरूको जिम्मेवारी तोकेका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखसमक्ष मन्त्रिपरिषद् पुनर्गठनका लागि सिफारिस गरिएको हो। पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (एमाले) बाट चार जना र जनता समाजवादी पार्टी (जसपा) बाट एक जना गरी पाँच जना नयाँ मन्त्रीलाई समावेश गरिएको छ। एमालेबाट अर्घाखाँचीका रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै, तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छ। यस्तै जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अप्ठ्यारो परिस्थितिमा पार्टीको नेतृत्व नछोड्ने स्पष्ट पारेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफू सहज अवस्थामा लाभ लिने र चुनौतीपूर्ण अवस्थामा जिम्मेवारीबाट पन्छिने सोचका साथ अध्यक्ष नबनेको बताएका हुन्। ‘गएको ३ पुसमा मलाई अध्यक्ष छान्नुभएको थियो। अनुकूल वातावरण भयो भने अगाडि बढ्ने, प्रधानमन्त्री बन्ने र अप्ठ्यारो अवस्था आयो भने झोला फ्याँकेर भाग्ने व्यक्ति म होइन,’ ओलीले भने। उनले पार्टीलाई सफलताको गन्तव्यमा पुर्याएर मात्रै विधानसम्मत रूपमा विश्राम लिने बताए। ‘कतिपय साथीहरूमा मैले बीचमै नेतृत्व छोडेर हिँड्छु कि भन्ने आशंका हुन सक्छ। त्यस्तो आशंका मनमा नराख्नुस्,’ ओलीले भने, ‘अप्ठ्यारो परिस्थितिसँग जुध्दै पार्टीलाई…
रास्वपा अर्घाखाँचीको जिल्ला सभापतिमा महिला नेतृत्वको चर्चा, सीता पराजुलीको उम्मेदवारी घोषणा
अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको आगामी जिल्ला अधिवेशन नजिकिँदै जाँदा जिल्ला सभापति पदमा महिला नेतृत्वको चर्चा सुरु भएको छ। यसैबीच पार्टीकी सक्रिय नेतृ सीता पराजुलीले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेकी छन्। बुधबार कुराकानीमा पराजुलीले संगठनलाई अझ बलियो, सक्रिय र जनतासँग प्रत्यक्ष रूपमा जोडिएको बनाउने आफ्नो मुख्य उद्देश्य रहेको बताइन्। उनले पार्टीका सिद्धान्त, मूल्य र उद्देश्यलाई जिल्लाका हरेक वडा तथा समुदायसम्म पुर्याउन आफू प्रतिबद्ध रहेको उल्लेख गरिन्। पराजुलीले कार्यकर्ताको सम्मान, युवाको अर्थपूर्ण सहभागिता, सुशासन तथा जनउत्तरदायी राजनीतिलाई संस्थागत गर्ने विषयलाई आफ्नो नेतृत्वको प्रमुख प्राथमिकतामा राख्ने बताइन्। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनको हित, एकता र विकासका लागि काम…
