Author: नेपाल राज्य
अर्घाखाँची । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै गरिएको प्राइमरी जनमत सर्बेक्षणले नेपाली कांग्रेसभित्र नयाँ सन्देश दिएको छ। कांग्रेसबाट उम्मेदवारको आकांक्षा राखेका नेताहरू मध्ये सर्वाधिक मत ल्याउन सक्ने उम्मेदवारका रूपमा विष्णुप्रसाद खनाल (मुस्कान) अगाडि देखिएका छन्। सर्बेक्षणअनुसार ९२ प्रतिशत मतदाताले खनालले निर्वाचन जित्ने स्पष्ट मत व्यक्त गरेका छन्। यसले कांग्रेसभित्र मात्रै होइन, समग्र जिल्लाको राजनीतिक वातावरणमा समेत चर्चा बढाएको छ। खनाल लामो समयदेखि जिल्लाको राजनीतिमा सक्रिय छन्। शिक्षकको स्थायी जागिर त्यागेर पूर्ण रूपमा राजनीतिमा होमिएका उनी निरन्तर गाउँगाउँमा बसेर जनताका समस्या समाधानमा खटिँदै आएका नेता मानिन्छन्। पार्टी संगठन निर्माणदेखि जनताको दैनिक दुःख–सुखसम्म उनको सक्रियता देखिन्छ। व्यक्तिगत मत…
अर्घाखाँची । अर्घाखाँचीमा एक मात्र निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभा निर्वाचनका लागि चार वटा राजनीतिक दलले आफ्ना उम्मेदवार टुंग्याइसकेका छन्। तर जिल्लामा प्रमुख शक्ति मानिने नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले भने अहिलेसम्म उम्मेदवार सार्वजनिक गर्न सकेका छैनन्। चार दल चुनावी तयारीसहित मैदानमा उत्रिँदा कांग्रेस र रास्वपाको ढिलाइले जिल्लाको राजनीतिक सरगर्मी बढाएको छ। उम्मेदवार घोषणा भइसकेका दलहरूमा नेकपा एमालेबाट पिताम्बर भुसाल, नेपाली कम्युनिष्ट पार्टीबाट रामबहादुर चौहान, राष्ट्रिय जनमोर्चाबाट पशुपति ढकाल र नेकपा विप्लव बाट खेम घर्ती रहेका छन्। निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन नजिकै जाँदा कांग्रेस र रास्वपाले भने आज बेलुका सम्म उम्मेदवार सार्वजनिक गर्ने बताएका हुन ।
अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि अर्घाखाँचीमा उम्मेदवारी टुंगो लगाएको छ। जिल्लामा तत्कालीन नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष रामबहादुर चौहानलाई उम्मेदवार बनाएको हो। त्यसैगरी छिमेकी जिल्ला गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ मा तत्कालीन माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल र क्षेत्र नम्बर २ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा रहेका बुद्धि जिसीलाई उम्मेदवारका रूपमा टुंग्याइएको छ। एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको प्युठानमा भोजविक्रम बुढाको उम्मेदवारी तय गरिएको छ। पार्टीले आगामी माघ ६ गते हुने उम्मेदवार मनोनयनलाई लक्षित गर्दै प्रत्येक जिल्लागत रूपमा उम्मेदवारी सार्वजनिक गरेको हो ।
अर्घाखाँची । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न भएको छ। बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि अर्घाखाँचीमा पिताम्बर भुसाललाई उम्मेदवारका रूपमा सार्वजनिक गरेको हो। एमालेले गठबन्धन नगरी एक्लै निर्वाचनमा जाने निर्णयअनुसार देशभर उम्मेदवार टुंग्याउने क्रमलाई तीव्र बनाएको हो । अर्घाखाँचीमा भुसालको उम्मेदवारी सार्वजनिक भएसँगै जिल्लाको चुनावी माहोल थप तातेको बुझिएको छ । छिमेकी जिल्ला गुल्मीमा प्रदीप ज्ञवाली र गोकर्ण बिष्टलाई उम्मेदवारका रूपमा अगाडि सारिएको छ भने प्युठानमा सूर्य थापालाई अघि बढाइएको हो । निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको मनोनयन गर्नुपर्ने भएकाले त्यसअघि नै उम्मेदवारको नामावलीलाई अन्तिम…
वीरेन्द्र केसी, अर्घाखाँची । वकालत, प्राध्यापन हुँदै उपसभामुख ओहोदामा पुगिन् । थुप्रैपटक जिल्लाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनिन् । कहिले सफल भइन् त कहिले विफलता हात लाग्यो । तर, उनले संघर्षको बाटो भुलिनन् । त्यसैको प्रतिफल अर्घाखाँचीकी पुष्पा भुसाल गौतम पुस अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भइन् । पार्टी उपसभापतिसम्मको यात्रा उनका लागि सहज थिएन । जेनजी आन्दोलनपछि मुलुककै पुरानो पार्टीमा पनि रूपान्तरणको कुरा जोडतोडले उठ्न थाल्यो । तत्कालीन समय संस्थापन निकट भुसालसहित ३० जना केन्द्रीय सदस्यले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपूर्व पार्टीको नियमित महाधिवेशन हुनुपर्ने मत राखेका थिए । कांग्रेसको संस्थापन पक्ष नियमित…
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि दलसँग चुनावी गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णयतर्फ अघि बढेको छ। अन्य दलहरूसँग तालमेलको सम्भावना न्यून बन्दै गएपछि एमालेले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार मैदानमा उतार्ने गरी तयारी तीव्र पारेको हो। उम्मेदवारको अन्तिम टुंगो लगाउन पार्टी केन्द्रीय कार्यालय च्यासलमा केन्द्रीय सचिवालयको बैठक जारी छ। दिउँसो २ बजे सुरु भएको बैठकमा तल्ला कमिटीहरूबाट सिफारिस भएर आएका नामहरूमाथि विस्तृत छलफल भइरहेको छ। पार्टी स्रोतका अनुसार हालसम्म कुनै पनि दलसँग औपचारिक वा अनौपचारिक रूपमा चुनावी गठबन्धनबारे सहमति जुट्न सकेको छैन। निर्वाचन आयोगको कार्यतालिका अनुसार माघ…
अर्घाखाँची ।नेकपाका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का (उज्ज्वल)ले गणतन्त्र प्राप्तिको इतिहासप्रति गम्भीर प्रश्न उठाउँदै नयाँ पुस्ताले त्यसको मूल्य नबुझेको बताएका छन् । तत्कालीन नेकपा विभाजनका बेला टोपबहादुर रायमाझीसँगै एमालेमा रहेका चन्द्रबहादुर खड्का (उज्ज्वल) पुनः नेकपा माओवादी केन्द्रमा फर्किएपछि अहिले नेकपाका केन्द्रीय सदस्यका रूपमा सक्रिय छन्। उनले गणतन्त्र प्राप्तिको इतिहासप्रति गम्भीर प्रश्न उठाउँदै नयाँ पुस्ताले त्यसको मूल्य नबुझेको बताएका हुन् । उज्ज्वलले सामाजिक सञ्जालमार्फत लेख्दै गणतन्त्र सजिलै आएको जस्तो बुझ्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। उनले सामाजिक संजालमा लेखेका छन् “रगत धेरैले बगायो, घाइते तड्पिरहेका छन्। उनकै कारणले गणतन्त्र आयो। अहिले गणतन्त्र कसरी आयो भन्ने नबुझेकाहरूले बढो फुर्ती छाट्या देख्दा ताजुब लाग्छ…
अर्घाखाँची । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि उम्मेदवारी दर्ताको समय सार्वजनिक गरिएको छ। अर्घाखाँची मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेको अध्यक्षतामा बसेको बैठकले विभिन्न राजनीतिक दलका लागि उम्मेदवारी दर्ताको समय तालिका निर्धारण गरेको हो। निर्णय अनुसार नेपाली कांग्रेसले दिउँसो ४ बजेदेखि ४ः३० बजेसम्म, नेकपा एमालेले दिउँसो १ बजेदेखि २ बजेसम्म, नेकपाले दिउँसो २ बजेदेखि २ः३० बजेसम्म र राष्ट्रिय स्वतन्त्र पार्टीले बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय पाएको छ। यस्तै राष्ट्रिय जनमोर्चाले १२ बजेदेखि १ बजेसम्म, जनता समाजवादी पार्टीले दिउँसो ३ः३० बजेदेखि ४ बजेसम्म तथा राप्रपाले दिउँसो २ः४५ बजेदेखि ३ः१५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तय…
अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीका नेता रामजी प्रसाद घिमिरेले नेपाली काँग्रेसको पछिल्लो राजनीतिक परिवर्तनलाई सकारात्मक संकेतका रूपमा लिएको बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिदै घिमिरेले नेपाली काँग्रेसको आधिकारिकता गगन नेतृत्वको समूहले प्राप्त गरेसँगै पार्टीले समयको मागअनुसार आफूलाई रूपान्तरण गर्दै नयाँ युगतर्फ प्रवेश गरेको बताएका हुन् । उनले प्रसंशा गर्दै नेतृत्व परिवर्तनले पार्टीभित्र नयाँ ऊर्जा, जिम्मेवारी र अपेक्षा थपिएको स्टाटस मार्फत उल्लेख गरेका छन्। विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्र मजबुत बनाउने र जनअपेक्षाअनुसारको राजनीतिक दिशानिर्देश तय गर्न सक्ने विश्वास नेता घिमिरेका लिएका छन्। साथै उनले नयाँ नेतृत्वले देशको समग्र राजनीति सकारात्मक दिशामा लैजान भूमिका खेल्ने अपेक्षा…
सातौं अर्घाखाँची महोत्सवमा कलाकारहरूको धमाकेदार प्रस्तुति, हजारौं दर्शकको उत्साहपूर्ण सहभागिता, भोलि स्टेज किङ दुर्गेश थापा आउँदै
अर्घाखाँची । अर्घाखाँची जिल्लाको सांस्कृतिक, आर्थिक र पर्यटकीय पहिचानलाई उजागर गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको सातौं अर्घाखाँची महोत्सव पूर्ण उत्साहका साथ जारी छ। चेम्बर अफ कमर्स अर्घाखाँचीको आयोजनामा पुष २७ गतेदेखि सन्धिखर्कको कुँडुले फाँटमा सुरु भएको महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति चलिरहेकाले दर्शकको उल्लेख्य सहभागिता देखिएको हो। महोत्सवमा दर्शकको भीड उल्लेखनीय रहेको छ। पुष २८ गते गायक बद्री पंगेनी, गायिका वर्षा थापा र जादुगर राजेन्द्र गिरीले प्रस्तुत गरेको कार्यक्रमले दर्शकलाई झुमाएका थिए। पुष २९ गते गायिका ज्योति मगर, बसन्ता खनाल र गायक दामोदर बस्यालको ऊर्जावान प्रस्तुतिले महोत्सवको माहोल थप उत्साहपूर्ण बनायो। त्यसैगरी पुष ३० गते गायक अर्जुन सापकोटा र…
