काठमाडौं । नेपाली लोकसंस्कृति र मौलिक परम्परालाई समेटेर तयार गरिएको लोकदोहोरी गीत “ए बहिनी जमुना” यतिबेला दर्शक तथा श्रोतामाझ अत्यन्तै लोकप्रिय बनेको छ।
नेपाली समाजको मौलिक संस्कार, रतौली परम्परा र गाउँघरको जीवनशैलीलाई जीवन्त रूपमा प्रस्तुत गरिएको यस गीतको म्युजिक भिडियोले युट्युबमा उल्लेखनीय सफलता हासिल गरेको छ।
गीतमा चर्चित लोकगायिका जमुना सनम र देवी आचार्य को सुमधुर स्वर रहेको छ। गीतका शब्द राजु सुनाम ले सिर्जना गरेका हुन् भने संगीत संयोजनमा पनि मौलिक लोकभाकालाई विशेष प्राथमिकता दिइएको छ। नेपाली रतौली संस्कृतिको झल्को दिने गीतले विशेषगरी महिला दर्शक तथा लोकसंस्कृतिप्रेमीहरूको मन छोएको प्रतिक्रिया प्राप्त भइरहेको हो।
गायिका जमुना सनमको युट्युब च्यानलमा समाचार तयार पार्दासम्म उक्त गीतको म्युजिक भिडियो १० लाख ६ हजारभन्दा बढी पटक हेरिएको छ। छोटो समयमै लाखौं दर्शकको माया पाउन सफल यस गीतले नेपाली लोकसंगीतप्रेमीहरूको मन जित्दै सामाजिक सञ्जालमा समेत व्यापक चर्चा बटुलेको छ।
गीतको संगीत पक्षलाई अझ आकर्षक बनाउन राजु सुनाम ले एरेञ्ज गरेका छन् भने मदन रेग्मी को मादल वादनले गीतमा छुट्टै मिठास थपेको छ। रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङको काम विनोद परियार ले गरेका हुन्।
निर्देशक दिनेश मुस्कान को निर्देशनमा तयार भएको भिडियोमा नेपाली ग्रामीण परिवेश, विवाह संस्कार र रतौलीको रमाइलो वातावरणलाई उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ। भिडियोमा सम्झना लामिछाने मगर र बिना विश्वकर्मा को अभिनयले दर्शकको ध्यान खिच्न झन् सफल भएको छ ।
छायांकनको जिम्मेवारी वीरेन्द्र परियार एण्ड टिम ले सम्हालेका छन् भने मेकअप आर्टिस्टका रूपमा अनिशा नानु रहेकी छन्। भिडियो निर्माणमा जनता डिजिटल को उपकरण प्रयोग गरिएको छ भने रेकर्डिङ तथा पोस्ट–प्रोडक्सन कार्य ओजोन स्टुडियो मा सम्पन्न गरिएको हो।
नेपाली लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनमा यस्ता मौलिक सिर्जनाले महत्वपूर्ण भूमिका खेल्ने संगीतकर्मीहरूको विश्वास छ। पछिल्ला वर्षहरूमा आधुनिक तथा विदेशी शैलीका गीतहरूको प्रभाव बढिरहेका बेला “ए बहिनी जमुना” जस्ता मौलिक रतौली गीतले नेपालीपनको सुगन्ध बोकेर दर्शकमाझ पुग्नु सकारात्मक पक्ष रहेको बुझिएको छ ।
लोकसंस्कृतिको मिठास, रतौलीको रमाइलोपन र नेपाली गाउँघरको भावनालाई समेटेको गीतको शब्द, संगीत, अभिनय तथा प्रस्तुतीकरणको प्रशंसा गर्दै सामाजिक सञ्जालमार्फत सकारात्मक प्रतिक्रिया आइरहेका हुन् ।
भिडियो:

