काठमाडौं-
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वरिष्ठ नेता झलनाथ खनालप्रति कटाक्ष गर्दै विद्रोहको औचित्य नभएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालले खनालले मिडियामार्फत पार्टीको बद्ख्वाइँ गरेको भन्दै असन्तुष्टि जनाए। उनले भने, “यदि विद्रोहको औचित्य थिएन भने एमालेमै बसेर ओलीको सेवा गर्नु उपयुक्त हुन्थ्यो।”
नेपालले नेतृत्व पुस्तान्तरणको पक्षमा आफू रहेको बताउँदै ५४ वर्षमुनिका युवा नेतृत्वलाई अघि ल्याउनुपर्ने धारणा राखे। मोहन गौतम र आलोकजस्ता नेताहरूको उदाहरण दिँदै उनले पार्टी सुदृढिकरणमा सबै एकजुट हुनुपर्ने बताए।
एमाले विभाजनबारे बोल्दै नेपालले ओलीको संविधानविरोधी कदमका कारण बाध्यतावश विद्रोह गरेको दाबी गरेको बताएका छन् ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले केही दिन पहिला नेकपा एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको बताएका थिए ।

