नेपाल राज्य संवाददाता
अर्घाखाँची– भुमिकास्थान नगरपालिका–१० धनचौरको पाकु गाउँमा भेटिएको बेवारिसे शवको पहिचान खुलेको छ । प्युठानको गौमुखी गाउँपालिका– ४ का २८ वर्षीय कुशल केसी मंगलवार दिउँसो जंगलमा मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक अम्मरबहादुर थापाले बताए ।
उनले केही समय अघि धनचौरमा स्काभेटरमा अपरेटरको काम गर्थे । घटनाबारे पोष्ट मार्टम रिपोर्ट आएपछि थाहा हुने र घटनाको थप अनुसन्धान भैरहेको उनले बताए ।