अर्घाखाँची प्रदेशसभा १ (१) बाट दोस्रो पटक निर्वाचित सांसद चेतनारायण आचार्यले भैरहेका कामलाई पुरा गर्ने र अब ५ वर्षभित्रमा शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गर्ने बताउनुभयो ।
नेपालराज्यसँग कुरा गर्दै आचार्यले खानेपानी योजना, मोटरबाटो, सिचाई लगायतका काम पुरा गर्दै प्रत्येक पालिकामा १५ वेडको अस्पताल, पाणिनि बहुमुखी क्याम्पसमा प्राविधिक शिक्षा सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । जिल्ला अस्पताललाई ५० वेडको बनाएर विशेषज्ञ सहितको डाक्टरको व्यवस्था गर्न भूमिका खेल्ने आचार्यको बताउनुभयो ।