अर्घाखाँची- अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ खाल माइत भएकी तथा मालारानी गाउँपालिका–९ गोखुङ्गा सेपानी निवासी अनिल खनालकी जीवनसंगिनी जया कुँवर खनाल पुनः रक्त क्यान्सर (ब्लड क्यान्सर) सँग संघर्ष गरिरहेकी छन्।
११ वर्षको उमेरमै रक्त क्यान्सर जस्तो जटिल रोगसँग लडेर नयाँ जीवन पाएकी जयाले करिब एक दशकअघि शुभेच्छुकहरूको माया, साथ र सहयोगका कारण रोगमाथि विजय हासिल गरेकी थिइन्। तर नियतिले फेरि उही पीडा दोहोर्याएपछि २१ वर्षको कलिलो उमेरमा उनी पुनः क्यान्सरसँग जुध्न बाध्य भएकी छन्। हाल काठमाडौंस्थित पाटन क्यान्सर अस्पतालमा उपचाररत जयाको परिवार आर्थिक अभावका कारण गम्भीर समस्यामा परेको छ।
उपचार खर्च व्यवस्थापन गर्न कठिन भएपछि परिवारले सहयोगको अपिल गरेको छ। अस्पतालको शय्यामा रहेकी जयाले अझै पनि स्वस्थ भएर सामान्य जीवनमा फर्किने आशा बोकेकी छन्। तर निरन्तर उपचारका लागि आवश्यक आर्थिक स्रोतको अभावले उनको संघर्ष थप कठिन बन्दै गएको परिवारको भनाइ छ।
परिवारले मानवता र सहयोगको भावनासहित उपचारमा साथ दिन सबैमा आग्रह गरेको छ। सानो–सानो सहयोग, प्रार्थना र सद्भावले पनि जीवन बचाउने अभियानमा ठूलो योगदान पुग्ने उनका श्रीमान अनिल खनाले जानकारी दिएका हुन् ।
उपचार सहयोगका लागि सम्पर्क:
अनिल खनाल (श्रीमान)
9857069418

