काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५% भ्याट लगाउने निर्णय गलत भएको बताएका छन्।
उनले यो निर्णय आम उपभोक्ताको हित, ऊर्जा रूपान्तरणको लक्ष्य र स्वदेशी विद्युतको उपयोग बढाउने अभियानविपरीत रहेको बताएका छन्। यस्तो करले लाखौँ परिवारको खर्च बढ्नुका साथै विद्युतीय उपकरणको प्रयोग घटेर ग्यासमा निर्भरता बढ्न सक्ने उनको भनाइ छ।
सामाजिक संजालमा लेख्दै घिसिङले विद्युतको आन्तरिक खपत बढाउन कर होइन, प्रोत्साहनमूलक र उपभोक्तामैत्री नीति आवश्यक रहेको बताएका हुन्।

