अर्घाखाँची – समाजसेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएका बरिष्ठ समाजसेवी हेम थापाले आफ्नो जन्मदिनको विशेष अवसरलाई समाजको लागि जोड्दै १० जनालाई आर्थिक सहयोग गरेका छन्।
अमेरिकामा कर्म थलो बनाएका बरिष्ठ समाजसेवी थापाले प्रत्येक व्यक्तिलाई १०/१० हजारका दरले गरी १ लाख रुपैयाँ सहयोग गरेका हुन्। सहयोगका क्रममा उनले दुखी, पीडित र असहाय व्यक्तिहरूलाई सम्भव भएको सहयोग पुर्याउने नै आफ्नो जीवनको धर्म भएको बताएका छन् “दुखी पीडितको आलो घाउमा सानो मलम लगाउने प्रयास स्वरूप यो रकम प्रदान गरेको हुँ ” थापाले भने। उनले अर्घाखाँचीका विभिन्न ठाउँमा पनि सहयोग गर्दै आएका थिए ।
हेम & माया फाउन्डेसनका अध्यक्ष समेत रहेका थापा लामो समयदेखि समाजमा विभिन्न मानवसेवा र परोपकारी गतिविधिमा संलग्न रहँदै आएका छन्। उनले यसअघि पनि असहाय, विपन्न विद्यार्थी, विरामी तथा प्राकृतिक विपत्तिबाट पीडितलाई सहयोग गर्दै आएका छन्। यसै निरन्तरतामा आफ्नो जन्मदिनलाई सामान्य भोज वा औपचारिक कार्यक्रममा खर्च नगरी प्रत्यक्ष सामाजिक कार्यमा खर्चिनु नै आफूलाई ठूलो खुशी दिने बताएका छन्।
सहयोगका लागि घोषणा गरिएको उक्त रकम समझना कार्की (बीहिनी) र लक्ष्मण कार्की (भाइ) मार्फत हस्तान्तरण गरिएको हो। थापाले परिवारका सदस्यहरूको साथ र प्रोत्साहनकै कारण निरन्तर समाजसेवामा लाग्न सहज भएको उल्लेख गर्दै भविष्यमा अझै व्यापक रुपले सहयोग विस्तार गर्ने प्रतिवद्धता जनाएका छन्।
समाजसेवामा निरन्तर सक्रिय थापा समुदायमा प्रेरणादायी व्यक्तित्वको रूपमा चिनिन्छन्।