नेपाल राज्य संवाददाता
रुपन्देही– नेकपा (एमाले) पोलिटब्युरो सदस्य सुर्य थापाले देशलाई निर्वाचनको प्रक्रियामा अघि बढाउनुपर्ने बताए । सरकारले निर्वाचनको मिति तोक्न निकै बहानाबाजी गरिरहेको बताए । निर्वाचनको मिति जनतालाई सहज हुने गरी तोक्नुपर्ने थापाको भनाई छ ।
लुम्बिनी प्रेस क्वल सिद्धार्थनगर रुपन्देहीले बुधवार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले मंसिरमा चुनाव गर्दा के हुने हो भन्ने डरले फागुनसम्म गरिहाल्न सकिन्छ कि भन्ने ढंगले निर्वाचन सार्ने भित्रि रुपमा षडयन्त्र भैरहेको उनले बताए । सबै दल गठबन्धन भएर एमालेलाई घेराबन्दी गर्ने काम भएको थापाले बताए । आगामी चुनावमा ५ दलीय गठबन्धन जे भएपनि एमालेले बुहमत ल्याउने दावी गरे ।