अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीका नेता रामजी प्रसाद घिमिरेले नेपाली काँग्रेसको पछिल्लो राजनीतिक परिवर्तनलाई सकारात्मक संकेतका रूपमा लिएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिदै घिमिरेले नेपाली काँग्रेसको आधिकारिकता गगन नेतृत्वको समूहले प्राप्त गरेसँगै पार्टीले समयको मागअनुसार आफूलाई रूपान्तरण गर्दै नयाँ युगतर्फ प्रवेश गरेको बताएका हुन् । उनले प्रसंशा गर्दै नेतृत्व परिवर्तनले पार्टीभित्र नयाँ ऊर्जा, जिम्मेवारी र अपेक्षा थपिएको स्टाटस मार्फत उल्लेख गरेका छन्।
विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्र मजबुत बनाउने र जनअपेक्षाअनुसारको राजनीतिक दिशानिर्देश तय गर्न सक्ने विश्वास नेता घिमिरेका लिएका छन्। साथै उनले नयाँ नेतृत्वले देशको समग्र राजनीति सकारात्मक दिशामा लैजान भूमिका खेल्ने अपेक्षा पनि व्यक्त गरेका छन्। उनले अन्त्यमा निर्वाचित सम्पूर्ण केन्द्रीय कार्यसमितिलाई बधाई दिदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका हुन् ।

