दाङ।
प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटीको प्रथम साधारणसभा तथा प्रदेश भेला शनिबार दाङको राप्ती गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
चौतारीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष शोभाकर पन्थीको अध्यक्षता एवम् नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा संघिय सांसद सुर्य थापाको प्रमुख आतिथ्यता एवम् सभा उद्घाटन भएको थियो ।
प्रेस चौतारी लुम्बिनी महासचिव निरू गौतमले सञ्चालन गरेको कार्यक्रममा
प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरामान लामा, सविन प्रियासन, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सचीव लक्ष्मण आचार्य, प्रेस चाैतारि केन्द्रीय निवाचन आयाेग अध्यक्ष गणेश खनाल ,लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरे, संसदीय मामिला पत्रकार समाज लुम्बिनीका अध्यक्ष घनश्याम गौतम, एमालेका प्रदेश कमिटी सदस्य तथा चौतारी विभाग प्रमुख मोहन चापागाईं, नेकपा एमाले दाङका अध्यक्ष हुकुम बहादुर बस्नेत, सुचना तथा सञ्चार परिषद् अध्यक्ष मिलन गाहा, प्रेस चौतारी लुम्बिनी प्रदेश कमिटीका सल्लाहकार भरत केसी लगायतको उपस्थिति रहेको थियो ।