कपिलवस्तु । अनेरास्ववियु कपिलवस्तुको २५औं जिल्ला अधिवेशन एक कार्यक्रमका बीच सम्पन्न भएको छ। अध्यक्ष निशान खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश संयोजक रमेश ढकाल प्रमुख अतिथि थिए।
अधिवेशनबाट पारस मरासिनीको अध्यक्षतामा २५ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन भएको छ। मरासिनी पहिलो पाइला नेपालका केन्द्रीय सचिवसमेत हुन्।
अन्य निर्वाचितमा उपाध्यक्ष प्रकाश न्यौपाने, पशुपति गिरी, आश्विन केसी, सचिव शेषकान्त मरासिनी, सहसचिव सिता अधिकारी, शिवलाल ठाकुर, अभिषेक यादव र कोषाध्यक्ष मधुसुदन भुषाल छन्।
नवगठित समितिले विद्यार्थी अधिकार सुनिश्चित गर्ने, शैक्षिक सुधार र संगठन विस्तारमा सक्रिय रहने प्रतिबद्धता जनाएको अनेरास्ववियु लुम्बिनीका युवा नेता निरज आचार्यले जानकारी दिएका छन् ।