सन्धिखर्क, असार ९ ।
सन्धिखर्क नगरपालिका-९ अर्घाका वडा अध्यक्ष पदम बहादुर भुसालले वडा भित्रका घरपरिवारलाई २० युनिट बराबरको विद्युत महसुल छुट दिने घोषणा गरेका छन्।
सोमबार आयोजित वडा स्तरीय छलफल कार्यक्रममा अध्यक्ष भुसालले आर्थिक रूपमा कमजोर तथा विपन्न वर्गलाई राहत दिने उद्देश्यले उक्त योजना ल्याइएको जानकारी दिए।
“विद्युत् शुल्क छुटका साथै वडाभित्र विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षालाई प्राथमिकता दिने योजना बनाएका छौँ, वडा लाई नमुना बनाउछौ ” अध्यक्ष भुसालले भने।
यस निर्णयसँगै सन्धिखर्क-९ अर्घाका बासिन्दाले केही हदसम्म राहत महसुस गर्ने आशा गरिएको छ।

