रुद्रमणि भुसाल , चैत ३० अर्घाखाँची ।
अर्घाखाँचीका निर्माण व्यवसायीहरूले इन्धनको मूल्यवृद्धिले निर्माण क्षेत्रमा गम्भीर असर पारेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । व्यवसायीहरूले डिजेल, पेट्रोल लगायतका इन्धनको मूल्य बढेसँगै निर्माण सामग्री ढुवानी खर्च अत्यधिक बढेकोले योजनाहरुको काम गर्न समस्या भएको भन्दै अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीलाई ज्ञापनपत्र बुझाएका छन् । 
विशेषगरी सडक, पुल, भवन जस्ता पूर्वाधार निर्माणमा प्रयोग हुने कच्चापदार्थ र उपकरणहरू इन्धनमा निर्भर हुने भएकाले चालु अवस्थामा रहेका बिकास निर्माणका योजनाहरुको काम प्रभाबित हुने अवस्था आएको निर्माण ब्यबसायीसंघ अर्घाखाँचीका अध्यक्ष बसन्त भुसालले जानकारी दिनुभयो ।
व्यवसायीहरूले हालको मूल्यवृद्धिले पुराना ठेक्काको संझौता अनुसार काम गर्न गाह्रो भएका बताउदै सडक पिचं गर्नेकाममा प्रयोग गर्ने अलकत्र भारतमा समेत नपाएकोले सानाठुला गरि अर्घाखाँचीका झन्डै एकदर्जन आयोजनाको काम बन्द गनुपर्ने अवस्था सृजना भएको संघका सहअध्यक्ष कबिराम खनालले बताउनु भयो । उहाँले राज्यले निर्माण व्यावसायीहरुलाई यहि असार मसान्तभित्रै काम सक्नुपर्छ भनेर दबाब दिन नहुने र समय थप गर्नुपर्ने बताउनु भयो ।
सरकारले समयभित्रै व्यवसायी र राज्यको हितमा मूल्य समायोजन नगर्ने हो भने देशभरका खर्बौं मूल्यका योजना र ठेक्काहरु लथालिङ्ग हुन सक्नेतर्फ व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई सचेत गराएको निर्माण ब्यबसायि सघका महासचिव केसब रिजालको भनाई छ ।
ज्ञापनपत्र बुझाउन पुगेका ब्यवसायीहरुलाई प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदिले निर्माणका काम नरोक्न आग्रह गर्दै ब्यवसायीको मागका बारेमा सरकारलाई जानकारी गराउने प्रतिबद्धता ब्यतm गनुभयो ।

