अर्घाखाँची ।
नेकपा (एमाले) अर्घाखाँचीले गणतन्त्र खतरामा परेको भन्दै सडक प्रदर्शन गरेको छ ।
सोमबार अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा भएको जनप्रदर्शन तथा जागरण सभामा ४ हजार भन्दा अधिक नेता कार्यकर्ता शुभचिन्तकहरु उपस्थिती रहेका थिए। नेकपा (एमाले) का नेता तथा कार्यकर्ताले ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र जिन्दाबाद’ ‘प्रतिगामी षड्यन्त्र मुर्दावाद’ ‘राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ’ ‘व्यवस्था विरोधी तत्त्व होसियार’ लगायतका नारा लगाएर विरोध गरेका थिए ।
कार्यक्रममा नेकपा एमाले अर्घाखाँचीका जिल्ला अध्यक्ष पिताम्बर भुसालले जनताको बलिदानबाट प्राप्त व्यवस्थालाई केही प्रतिक्रियावादी शक्तिहरूले अनावश्यक टिप्पणी गरी अस्थिरता सिर्जना गर्न खोजेको आरोप लगाएका थिए ।
प्रतिगामी षड्यन्त्र र अराजकताको विरुद्ध तथा लोकतान्त्रिक गणतन्त्रका पक्षमा प्रदर्शन मार्फत खबरदारी गरिएको जिल्ला अध्यक्ष भुसालले जानकारी दिए ।