अर्घाखाँची ।
नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को भोलि काठमाडौं हुने २४ औं महाधिवेशनमा सहभागी हुन् अर्घाखाँची देखी जाँदै छन् ।
अर्घाखाँची जिल्लामा रहेका विभिन्न क्याम्पसहरुका क्यामपस कमिटीले छनोट गरी पठाएका विद्यार्थी प्रतिनिधीहरु लाई नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालले टीका लगाएर काठमाडौं बिदा गरेका हुन् ।
काठमाडौं जाने अनेरास्ववियुका जिल्ला अध्यक्ष विराज मुखिया,सन्तोष भट्टराइ,झरना के.सी, क्यालिष्टा भट्टराई ,निर्मल खनाल,बिक्रम नेपाली,कृष्ण खत्ताल , सुदन नेपाली,प्रशान्त खनाल,अनिता क्षेत्री, मुना खनाल, विपिन पन्थी,खिम बहादुर वि.सी. ,अनिल भुसाल र अभय रायमाझी रहेका छन् ।
अनेरास्ववियुका जिल्ला उपाध्यक्ष बिक्रम नेपालीका अनुसार, “यो महाधिवेशनले संगठनलाई नयाँ ऊर्जा दिनेछ र बेरोजगारी तथा विद्यार्थी आन्दोलनलाई अझ सशक्त बनाउने खाका तयार पारिनेछ।”
महाधिवेशनको उद्घाटन कार्यक्रममा नेकपा (एमाले) का शीर्ष नेताहरूको उपस्थिति रहनेछ। संगठनका हालका अध्यक्षले कार्यकालको समीक्षा प्रस्तुत गर्ने र नयाँ कार्यदिशा प्रस्तुत गरिने कार्यक्रम रहेको छ।
संगठनका अनुसार महाधिवेशन जेठ २५ देखि २८ गते तीन दिनसम्म सञ्चालन हुनेछ, जसमा सांगठनिक प्रतिवेदनमाथि छलफल, विधान संशोधन र नयाँ केन्द्रीय नेतृत्वको चयनजस्ता एजेन्डाहरू समेटिएका छन्।