तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि बजेटमै व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् । टेवाको सहयोगमा साहसी कदम नेपाल र जेसिज भलवारी रुपन्देहीले विहिबार तिलोत्तमामा आयोजना गरेको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार विषयक अन्तरक्रियामा खाँणले नीति तथा कार्यक्रममा राखेर बजेट तय गर्ने बताएका हुन् ।
बजेट यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको शिक्षा, स्वास्थ्य र रोजगारीमा केन्द्रित हुने उनको भनाइ छ । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई अधिकार र पहिचान दिलाउन नगरपालिका प्रतिबद्ध रहेको जनाउँदै उनले सचेतनाका माध्यमबाट समुदायमा विभेद अन्त्य गर्न लागि पर्ने उल्लेख गरे । कार्यक्रमको सहजीकरण गर्दै निलहिरा समाजका संस्थापक अध्यक्ष सुनिलबाबु पन्तले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मातृसत्ता हुँदा महत्वपूर्ण भुमिकमा रहेको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय पितृसतात्मकपछि उनिहरुको अस्तित्व स्विकार नगरेको बताए । उनले पूर्व जन्मका पापका लाल्छाना लगाएर हतोत्साहित गराउने परिपाटी रहेकोले यसको अन्त्य गर्न सवै तहबाट लाग्नु पर्ने बताए ।
साहासि कदम नेपाल रुपन्देहीका अध्यक्ष आनिक रानाले आफू आफ्नो समुदायका लागि एक क्रान्तिकारी अभियन्तका रुपमा निरन्तर लागि परेको बताउँदै अव घरविहिन भई सडकमा उभिन बाध्य बनेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यलाई घर बनाए राख्ने सपना रहेकाले तिलोत्तमा नगरपालिकाले जग्गा उपलब्ध गराउन आग्रह गरे । भलवारी जेसिजका अध्यक्ष जीवन भट्टराईले समुदायका सबै नागरिकलाई समान व्यवहार अधिकार दिलाउन राज्यको प्रमुख भूमिका रहने बताउँदै यसमा आफूहरुको सक्दो सहयोग रहने बताए ।
साहसी कदमका प्राविधिक सल्लाहकार रेशम न्यौपानेले सहज रुपमा विवाह दर्ता र नागरिकता प्र्राप्त गर्ने वातावरण निर्माण गर्न तिनै तहका सरकारलाई आग्रह गरे । साहसि कदमका उपाध्यक्ष सरोजी न्यौपानेले पछिल्लो समय त्तिलोत्तमा नगरपालिकाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि गर्दै आएको सहयोगको लागी धन्यवाद ज्ञापन गर्दै सवैले साथ दिए आफूहरु समाज परिर्वतनका लागि निरन्तर लाग्ने बताए ।