अर्घाखाँची – अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा अवस्थित होटेल साथी चाडपर्व लक्षित गरि नयाँ व्यवस्थापनका साथ विशेष अफरसहित आकर्षक सेवाको सुरुवात गरेको छ । आउदै गरेका चाडपर्व र सामाजिक-सांस्कृतिक अवसर लाई ध्यानमा राख्दै होटलले विशेष योजना र सेवासहित ग्राहकलाई आकर्षित गर्ने तयारी गरेको हो।
होटेल साथी संचालक बाबुराम भुसालका अनुसार चाडपर्व विशेष अफर अन्तर्गत चार–पाँच जनाभन्दा बढीको समूहमा आउने ग्राहकले विशेष छुट पाउने छन्। स्थानीय उपभोक्तालाई थप सहज बनाउन सन्धिखर्क आसपासका संघ–संस्था, कार्यालय र व्यवसायिक प्रतिष्ठानलाई होम डेलिभरी सेवा, एसि सहित डिलक्स रुम समेत उपलब्ध गराउने उनले बताए।
होटल साथीमा तीजको दर खाने कार्यक्रम, जन्मदिन मनाउने अवसर, हल्दी–मेहन्दी, विवाहलगायतका पारिवारिक र सामाजिक जमघटका लागि छुट्टै ३ वटा हल संचालनमा छन्। प्रशस्त पार्किङ, आरामदायी वातावरण र स्वच्छ खानपान यसको विशेषता भएको सञ्चालक भुसालले उल्लेख गरे।
उनले भने “हाम्रो उद्देश्य केवल खाना खुवाउने मात्र होइन, ग्राहकलाई घरझैं सहज वातावरण दिनु हो। अबदेखि सन्धिखर्कमा हुने विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रमका लागि होटल साथी सबैभन्दा उपयुक्त स्थान बन्नेछ।”
नयाँ व्यवस्थापन आएपछि होटलको भान्छा, सरसफाइ र सेवामा थप ध्यान दिइएको छ। स्थानीय परिकारदेखि विभिन्न आधुनिक खानासम्मको विकल्प रहेको होटल साथीले गुणस्तरीय सेवा, परम्परागत स्वाद र आधुनिक सुविधालाई एउटै छानामुनि उपलब्ध गराउने संचालक भुसालले बताएका हुन् ।