हरि कुँवर , अर्घाखाँची ।
प्रेस चौतारी अर्घाखाँची द्वारा आयोजित तीनदिने आधारभूत पत्रकारिता तालिम सन्धिखर्कमा सुरु भएको छ ।
बिहिवार आयोजित पत्रकारिता तालिमको नेकपा एमाले केन्द्रिय सचीव तथा तत्कालीन मन्त्री टोपबहादुर रायमाझीले पानसमा बत्तिबालेर शुभारम्भ गरेका हुन् । सो तालिममा युवाहरुको बढी सहभागिता रहेको छ ।
तालिमको उद्घाटनमा बोल्दै नेता टोपबहादुर रायमाझीले सहभागीलाई आफूले सिकेको कुरा सही रुपमा कार्यान्वयन गर्न सुझाव दिए । मुलुकमा विभिन्न समयमा भएका परिवर्तनको आन्दोलनमा सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छ्न । अबको पत्रकारिता सत्यतथ्य खोज अनुसन्धानका लागि हुनुपर्ने बताए । नेता रायमाझीले जिल्लाको विकासका बारे समेत प्रकाश पारेका हुन ।
प्रेस चौतारी अर्घाखाँचीका जिल्ला अध्यक्ष बसन्त श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसाल , नेकपा एमाले प्रदेश कमिटी सदस्य प्रेमनारायण गैरेले बोल्दै पत्रकारिता समाज देशको लागि महत्त्वपूर्ण भएकोले सत्य,तथ्य र यथार्थको धरातलमा उभिएर वास्तविकता न्याय नमर्ने गरी पत्रकारिता गर्न नवपत्रकार लाई आग्रह गरेका थिए ।
नेकपा एमाले जिल्ला सचीव तोज ब. रायमाझी , नेकपा एमाले सन्धिखर्क नगरकमिटी अध्यक्ष श्रीकृष्ण भुसाल ,सन्धिखर्क नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ , एमाले जिल्ला कार्यालय सचिव लिल बहादुर बिक ,गीताराम बिस्ट, गणेश खनाल , शोभाखर पन्थी , हिम ब. जीसी लेकाली लगाएतको उपस्थितमा कार्यक्रम संचालन माधव बेल्बासेले गरेका हुन ।