काठमाडौं ।
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ। बैठकले पार्टीको आगामी रणनीति तथा सङ्गठन सुदृढीकरणबारे निर्णय लिनेछ।
प्रवक्ता प्रकाशशरण महतका अनुसार आजको बैठकमा गठबन्धन सरकारको काम कारबाही, भ्रातृ संस्थाको अवस्था, पार्टीको सक्रिय सदस्यता वितरण तथा नवीकरण लगायतका विषयमा छलफल हुनेछ।

