शोभाखर पन्थी ,अर्घाखाँची/साउन-७
नेकपा एमाले अर्घाखाँचीले बिभिन्न कार्यक्रमको आयोजना गरी ४७ अौ पुष्पलाल स्मृति दिवस मनाएको छ ।
एमालेले जिल्लाका बिभिन्न ठाउँमा वृक्षारोपण,सरसफाई,प्रवचन लगायतका कार्यक्रम सम्पन्न गरेको छ ।
यसैबीच नेकपा एमाले जिल्ला कमिटी द्वारा सदरमुकाम सन्धिखर्कमा प्रवचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरुले नेपालको कम्युनिष्ट आन्दोलामा पुष्पलाल श्रेष्ठको योगदान अतुलनीय रहेको बताए । उनिहरुले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्ने पार्टीका संस्थापक महासचिव पुष्पलाल जनताको बीचमा सदैव अम्मर रहने वताए ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य नरेन्द्र कुमार क्षेत्रीले पुष्पलाल श्रेष्ठ दुरदर्शी,जनप्रिय र क्रान्तिकारी नेता भएको बताउनु भयो । उहाँले पुष्पलालको बिचार आज पनि समय सान्दर्भिक र उपयुत्त रहेको दावी गर्नुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका अर्का केन्द्रीय सल्लाहकार परिषद् सदस्य जनार्दन खनालले पुष्पलालमा बहुआयामिक क्षमता भएको भन्दै उहाँले देखाएको बाटोमा निरन्तर अगाडी बढ्ने प्रण गर्नु भयो ।
नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष पीताम्वर भुसालको अध्यक्षता ,उपाध्यक्ष शम्भुप्रसाद पोख्रेलको स्वागत मन्तव्य र सचिव तोजबहादुर रायमाझी विधानको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य केवी भुसाल,प्रमिला क्षेत्री,सिद्धिप्रसाद भुसाल,इश्वरा पोख्रेल,जिल्ला कार्यालय सचिव लिलबहादुर बि.क.,लुम्बिनी प्रदेश सल्लाहकार परिषद् सदस्य चुरामणी भुसाल,जेष्ठ कम्युनिष्ट मञ्च लुम्बिनी प्रदेश कमिटी सदस्य प्रेमनारायण खनाल,जिल्ला सचिवालय सदस्य युवराज श्रेष्ठ,कमल घिमिरे,जिल्ला कमिटी सदस्य शुष्मा श्रेष्ठ,कमला खनाल भण्डारी,पत्रकार महांघका जिल्ला अध्यक्ष गणेश खनाल,एमाले नेता रामचन्द्र पोख्रेल,शुशिला गैरे,लक्ष्मण कँडेल,एमाले सन्धिखर्क नगर कमिटीका उपाध्यक्ष नारायण खड्का,सचिव तुल्सिराम रायमाझी,एमाले नेता राजेन्द्र पन्थी,पार्वता श्रेष्ठ ,पार्वता भुसाल,नेता भुसाल,प्रेस चौतारी नेपालका लुम्बिनी प्रदेश समितिका अध्यक्ष शोभाखर पन्थी,विद्यार्थी नेता अर्जुन खनाल लगायतले मन्तव्य राख्दै पुष्पलाल श्रेष्ठले मुलुकको कम्युनिष्ट आन्दोनमा पुर्याएको योगदानको बारेमा चर्चा गर्नु भएको थियो ।

