अर्घाखाँची, असार ८ ।
ठकुरी समाज अर्घाखाँचीको चौथो साधारणसभा तथा तेस्रो जिल्ला अधिवेशन शनिबार सन्धिखर्कमा एक भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै ठकुरी समाज महासंघ नेपालका केन्द्रीय सहकोषाध्यक्ष सुनिता सेन ठकुरीले नेपालको इतिहास, भाषा, संस्कृति तथा विविध पक्षको संरक्षण र सम्वर्द्धनमा ठकुरी समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै आगामी दिनमा अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याइन्।
उक्त कार्यक्रममा ठकुरी समाज महासंघका पूर्व महासचिव राम मल्ल ठकुरी, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रवि शाह ठकुरी, सुन्दर सिंह ठकुरी, लक्ष्मी शाही, लाल बहादुर शाह ठकुरी, साथै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रेमनारायण आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए।
अधिवेशनबाट मधुविक्रम शाह ठकुरीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरिएको छ। समितिमा भक्तबहादुर शाही ठकुरी उपाध्यक्ष, त्रिलोक सिंह ठकुरी सचिव, डाल विक्रम शाही ठकुरी सहसचिव, नुमा मल्ल ठकुरी कोषाध्यक्ष चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा डोरबहादुर शाह ठकुरी, मुना सिंह ठकुरी, बसन्त मल्ल ठकुरी,अनुप सिंह ठकुरी , भगवत्ता हमाल ठकुरी र सिता शाह ठकुरी चयन भएका छन्।
कार्यक्रमले एकता, समर्पण र संस्थागत विकासमा ठकुरी समाजको प्रतिबद्धता झल्काउने सन्देश दिएको थियो ।


