हरि कुँवर-सन्धिखर्क, अर्घाखाँची ।
विदेशमा कमाएको पसिनालाई अब आफ्नै माटोमा प्रयोग गर्ने सोचका साथ अघि बढेका समाजसेवी युवा राजु खड्काले अर्घाखाँचीको सन्धिखर्कमै THE BEST TRAVEL & TOUR PVT. LTD. सञ्चालनमा ल्याएका छन्।
२१ वर्ष दुबईमा संघर्ष गरेर आत्मनिर्भर बन्ने यात्रामा जुटेका युवा खड्का भन्छन्“देशमै सम्भावना छन्, बस हिम्मत चाहिन्छ” “विदेशमा कमाएको अनुभव र सीप अब गाउँमै प्रयोग गर्छु। म चाहन्छु म जस्तै फर्किएर आएका युवाले ‘सकिन्छ’ भन्ने आँट गरून्।”
समाजसेवीको छवि बनाएका खड्काले दुबईको तातो घाम, पसीना, संघर्ष र अनुभव संग जुदेका उनको यो यात्रा अब आत्मनिर्भर सपना साकार पार्नेतिर मोडिएको हो। देशमै केही गर्न सकिँदैन भन्ने हरेक निराशालाई पछाडि छोड्दै, खड्काले आफ्नो गाउँ–ठाउँ जिल्लामा सेवादिने अठोटसहित व्यवसाय सुरु गरेका छन्।
उनले सञ्चालनमा ल्याएको ट्राभल एजेन्सीले देश विदेश टुर प्याकेज
हवाई टिकट बुकिङदेखि, वर्ल्ड टुर प्याकेज, धार्मिक स्थल भ्रमण, सवारी रिजर्भ, डोर टु डोर कार्गो सेवा, श्रम स्वीकृति, पासपोर्ट फारम, फोटोकपी, स्क्यान, प्रिन्टिङ, भिडियो, फोटो सम्पादन, मिक्सिङसम्मका अत्याधुनिक सेवा एकै ठाउँबाट प्रदान गर्ने अर्घाखाँचीमा पहिलो पटक हेलिकप्टर रिर्जव को व्यवस्था सहितको ट्राभल उद्धघाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा सन्धिखर्क नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ, पूर्व नगरप्रमुख कमलप्रसाद भुसाल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, पत्रकार तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।