बुटवल ।
बुटवलमा दर्ता विना सञ्चालनमा रहेका ६ वटा मेडिकल क्लिनिकहरु बन्द भएका छन् ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अनुगमन टोलीले बुटवलका विभिन्न ११ वटा मेडिकल तथा क्लिनिकहरुमा अनुगमन गर्दा ६ वटा क्लिनिकहरु दर्ता विना नै सञ्चालन गरेको भेटिएपछि बन्द गराएको हो ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले स्वास्थ्यसँग खेलबाड गर्ने जनताको गुनासो आएपछि क्लिनिकहरु अनुगमन गरिएको दर्ता विनाका ६ वटा क्लिनिक लाई बन्द गराइएको बताएका हुन ।
शिला मेडिकल हल, वरदान क्लिनिक, पुनम मेडिकल हल, मङ्गलमय स्वास्थ्य क्लिनिक,चन्दन फार्मेसीले सञ्चालन गरेको ल्याब, र रुचिका हेल्थ क्लिनिकलाई बन्द गरिदिएको हो।
विशेषज्ञहरू भन्छन्, “स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा दर्ता विना सेवा दिनु गम्भीर अपराध हो जसले नागरिकको जीवनसँग प्रत्यक्ष खेलवाड गर्दछ।”

