अर्घाखाँची – “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुलनाराका साथ स्व. नुदराज अधिकारीको सम्झनामा सिद्धार्थ मा.वि. S.L.C. व्याज–२०७१ द्वारा आयोजित खुला वडा स्तरीय भलिवल प्रतियोगिता–२०८२ हुने भएको छ ।
प्रतियोगिता आगामी भाद्र ६ र ७ गते सिद्धार्थ मा.वि.को प्राङ्गण मालारानी–६ रतनमारेमा हुने आयोजकले जनाएको छ ।अर्घाखाँचीमा खुला वडा स्तरीय भलिवल प्रतियोगिता हुने
स्व. नुदराज अधिकारीको सम्झना गर्दै खेलकुदमार्फत युवालाई सकारात्मक दिशातर्फ आकर्षित गर्ने र आपसी सद्भाव, मित्रता र स्वास्थ्य सुदृढीकरणमा टेवा पुर्याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको स्थानीय दिपचन्द्र भुसालले जानकारी दिएका हुन् ।