काठमाडौं । अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चका अध्यक्ष तथा समाजसेवी रन्जित कुमार क्षेत्री गैर आवासीय नेपाली सघं अन्तराष्ट्रीय समन्वय परिषद् मलेशियाको नेतृत्व गर्दै आइसीसी सदस्यमा चयन भएका छन्।
समाजसेवामा निरन्तर सक्रिय क्षेत्री यसअघि एनआरएनए मलेशियामा दुई कार्यकाल सचिव, एक कार्यकाल महासचिव र पछिल्लो कार्यकाल उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन्। अन्तर्राष्ट्रिय परिषद्को सदस्यका रूपमा उनको चयनलाई अर्घाखाँची जिल्ला मात्र होइन, प्रवासमा रहेका नेपाली समुदायले गर्वको विषयका रूपमा लिएको छ।
विदेशी भूमिमा रहेर पनि जिल्ला र नेपाली समुदायको हकहित,आर्थिक सहयोग, एकता र पहिचानको संरक्षणमा समर्पित रहँदै आएका क्षेत्रीको योगदानलाई निरन्तर सराहना गरिँदै आएको छ।
अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चका उपाध्यक्ष छविलाल गिरिले जानकारी दिँदै भने, “यो केवल उहाँको व्यक्तिगत सफलता मात्र होइन, सम्पूर्ण अर्घाखाँची र प्रवासी नेपालीहरूको गौरवको विषय हो।”
अघिल्ला कार्यकालहरूमा समेत सकारात्मक पहल र प्रभावशाली कार्यक्रममार्फत समुदायमा उदाहरणीय योगदान दिएका क्षेत्रीबाट अब अन्तर्राष्ट्रिय स्तरमा पनि प्रवासी नेपालीहरूको मुद्दा सशक्त ढंगले उठाउने अपेक्षा गरिएको छ।
उनको आगामी कार्यकाल सफल, रचनात्मक र प्रेरणादायी होस् भन्ने शुभेच्छासहित अर्घाखाँचीका विभिन्न संघसंस्था, व्यक्तित्वहरू र प्रवासी नेपालीहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।