लक्ष्मी खनाल , अर्घाखाँची ।
शिक्षा प्रवर्द्धन र आर्थिक रूपमा पछाडि रहेका विद्यार्थीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजित छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिका वडा नं – ५ ले वडा न -५ मा स्थायीबसोबास भई पाणिनि क्याम्पसमा स्नातक तहमा अध्ययनरत २४ जना विद्यार्थीलाई ६ हजार को दरले आज एक कार्यक्रमको आयोजना गरी छात्रवृत्ति वितरण गरेको छ ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष ऋषभ अधिकारीले प्रत्येक वर्ष वडा बाट विनियोजित बजेटको केहि रकम छुटाएर सन्धिखर्क -५ वडाका गरीब तथा आर्थिकको कारणले अध्ययनलाई बीट मार्ने गरेका बालबालिकाको हितको लागि वडाले उक्त कार्य सुरु गरेको हो । वडा अध्यक्ष अधिकारीले यसकार्य लाई निरन्तरता दिने बताएका हुन् ।
क्याम्पस प्रमुख बुद्धि भुसालले -५ न वडा कार्यालयको यस पुण्य कार्यबाट विद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित भएकोले वडा कार्यालयप्रति आभार व्यक्त गरेका थिए ।शिक्षा सबैका लागि समान अवसर हुनुपर्छ। यस्तो किसिमको कार्यक्रमले आर्थिक अभावका कारण पढाइ छोड्नुपर्ने अवस्था कम भएको बताए ।

