नेपाल राज्य संवाददाता
अर्घाखाँची– नेकपा (एमाले) केन्द्रीय सचिव, पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्यका उम्मेदवार टोपबहादुर रायमाझीले इलाममा भन्दा बढी अर्घाखाँचीका सबै गाउँमा चिया खेती राम्रो हुने भएकाले व्यापक चिया खेतीको शुरुवात गरिने बताए ।
भुमिकास्थान नगरपालिका वडा नम्बर १० धनचौरमा आज आयोजित चुनावी सभामा रायमाझीले अब घरैपिच्छे चिया खेती गर्ने, धेरै राम्रो खेती हुन्छ त्यसैले युवालाई चिया खेतीमा लगाएर उत्पादन गरेको चिया युरोप अमेरिका पु¥याएर डलर भित्राएर युवालाई रोजगारी दिने प्रतिबद्धता जनाए । त्यसको लागि आफुलाई जिताएर पठाउन आग्रह गरे ।