अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि अर्घाखाँचीमा उम्मेदवारी टुंगो लगाएको छ। जिल्लामा तत्कालीन नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष रामबहादुर चौहानलाई उम्मेदवार बनाएको हो।
त्यसैगरी छिमेकी जिल्ला गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ मा तत्कालीन माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल र क्षेत्र नम्बर २ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा रहेका बुद्धि जिसीलाई उम्मेदवारका रूपमा टुंग्याइएको छ।
एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको प्युठानमा भोजविक्रम बुढाको उम्मेदवारी तय गरिएको छ। पार्टीले आगामी माघ ६ गते हुने उम्मेदवार मनोनयनलाई लक्षित गर्दै प्रत्येक जिल्लागत रूपमा उम्मेदवारी सार्वजनिक गरेको हो ।

