काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले अन्ततः राजनीतिमा प्रवेशको संकेत गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले बहराइन, ओमान, युएई र कतारमा रहेका नेपालीहरूसँग प्रत्यक्ष भेटघाट गर्न लागेका छन्। कुलमानले यस भ्रमणलाई आफ्ना अनुभव साटासाट गर्ने र प्रवासी नेपालीको जीवन, संघर्ष बुझ्ने अवसरको रूपमा प्रस्तुत गरेका छन्।
उनले लेखेका छन्, “विदेशी भूमिमा पसिना बगाउँदै देशको सपना बोकेर बस्नुभएको तपाईंहरूलाई टाढाबाट होइन, नजिकबाट सम्झन आउँदै छु। तपाईंहरूको दुःख र योगदान अमूल्य छ।”
राजनीतिज्ञ शैलीमा उनले आफू भावनात्मक रूपमा जोडिन चाहने र सबैको जिम्मेवारी बोध गराउने बताएका छन्। कुलमानले बहराइनमा जुलाई २–४, युएईमा ५–८, ओमानमा ९–१० र कतारमा ११–१३ सम्म कार्यक्रम गर्नेछन्।
लोडसेडिङ अन्त्य गरी नेपाल विद्युत् प्राधिकरणलाई नाफामा पुर्याएपछि लोकप्रिय बनेको उनका शुभचिन्तक बताउछन् । त्यसयता उनीप्रति सहानुभूति र समर्थन झनै बढेको देखिन्छ।
राजनीतिक मैदानमा उनको सक्रियता बढ्ने संकेत प्रष्ट देखिन थालेको छ।