काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गर्न विज्ञ समिति बनाउने भएको छ ।
उपसभापति पुष्पा भुसालको नेतृत्वमा समिति बनाउन लागिएको कांग्रेसका एक नेताले जानकारी दिए । मंगलबार जारी केन्द्रीय समिति बैठकबाट समिति गठनको निर्णय गरिने ती नेताले बताए ।
यदि अब बन्ने सरकारले संविधान संशोधनको पक्रिया अगाडि बढाए कुन कुन विषयमा के के संशोधन गर्न सकिन्छ भनेर पार्टीका तर्फबाट अध्ययन गर्न समिति बनाउन लागिएको उनले बताए । २०७२ सालमा जारी भएको नेपालको संविधानका केही विषय संशोधन हुनुपर्ने भनेर लामो समयदेखि चर्चा भइरहेको छ ।

