अर्घाखाँची । अर्घाखाँची अस्पतालको डि–फ्रिजमा राखिएको शव कुहिएर सडेको छ । सन्धिखर्क नगरपालिका–१ रतले का ३६ वर्षीय गणेश ताम्रकार साउन २ गते शुक्रवार विहान घरमै विस्तारमा अचेत अवस्थामा परिवारले देखेका थिए । त्यसपछि अस्पतलाई ल्याइएको थियो । चिकित्सकले मृत घोषणा गरे । उनको हृदयघातका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनले चुत्रावेशीस्थित रेन्बो मन्टेश्वरीमा तीनवर्ष देखि पढाउ“दै आएका थिए । भारतमा बस्दै आएका वुवाआमा आउ“दासम्म शवलाई नजलाउने भनेपछि अस्पतालको डि–फ्रिजमा राखिएको थियो । उनका वुवाआमा आइपुगेपछि शव हेर्दा कुहिएर अनुहार नै चिन्न नसकिने अवस्था पुगेको मन्टेश्वरीका सञ्चालक रमेश चु“दाली बताए । गन्हाएर शव नजिक जान नसकिएको उनले बताए । मृतका आफन्तले अस्पतालको गम्भीर लाहरवाहीका कारण शव कुहिएर चिन्न नसक्ने अवस्थामा पुगेको बताएका छन् । उनीहरुले अस्पतालत अगाडी केही समय विरोध गरेका थिए ।
अस्पताल प्रमुख डा. जगन्नाथ तिवारीले प्राविधिक समस्याका कारण डि–फ्रिजमा राखिएको शव सड्क पुगेको बताए । ‘फ्रिजमा सातवर्ष देखि शव राखि“दै आएको छ,’ उनले भने, ‘अहिले समस्या आयो, ग्यास लिक भयो वा अरु कारणले हो, प्राविधिक कुरा हामीलाई थाहा हु“दैन ।’ डि–फ्रिजमा प्रहरी कार्यालयबाट खटिएको प्रहरीले नै राख्ने र शवको निगरानी गर्ने गर्छ । यसरी शव सड्नु डि–फ्रिजमा त्रुटी भएको तिवारीले बताए ।
अस्पताल विकास समितिका अध्यक्ष बलाराम मिश्रले डि–प्रिजमा राखिएको शव सड्नु गम्भीर समस्या र त्रुटी भएकाले यसको सत्यतथ्य छानविन गरिने बताए । ‘सुरक्षित रहने शव किन कुहियो भन्नेबारेमा छानविन गर्छौ,’ उनले भने, ‘यो दुःखद र गम्भीर त्रुटी भयो ।’ उनले छानविन समितिले अनुसन्धान गरेर दोषीलाई कारवाही गरिने बताए ।
उनले अस्पतालका मेडिकल अधिकृत डा. पवनकुमार शाह, अस्पताल विकास समिति अध्यक्ष बलराम मिश्र, पत्रकार महासंघको प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, सम्बन्धित निकायको विज्ञ, सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठ र मृतका भाइहरु मोहन, कृष्ण र लक्ष्मण ताम्रकार सहितको छानविन समिति गठन गरिएको अस्पताल विकास समितिका अध्यक्ष मिश्रले बताए । ‘यो समस्या भयो, अब आइन्दा यस्तो नहोस् भनेर छानविन समिति बनाएका छौं,’ उनले भने, ‘शवको सम्पूर्ण जिम्मा प्रहरीको हुन्छ, सा“चो प्रहरीसँग हुन्छ । यो निकै दुःखद भयो ।’
ताम्रकारको आइतबार बेलुकातिर गच्छेघाटमा दाहासंस्कार गरिएको छ । मृतक ताम्रकारका श्रीमती र ५ वर्षीय छोरा छन् ।