काठमाडौं ।
युरोपेली देश माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा पाल्पाकि एक महिला पक्राउ परेकी छिन्।
पाल्पा बग्नासकाली गाउँपालिका-१ घर भई हाल काठमाडौं-१५ स्वयम्भू बस्ने ३० वर्षीया मायादेवी राना पक्राउ परेकी हुन ।
माल्टा पठाउने बहानामा ४३ लाख रुपैयाँ ठगी गरेको आरोप छ। प्रतिव्यक्ति आठ लाख रुपैयाँको दरले लिने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।