काठमाडौं । टंक बुढाथोकीको लेखन, निर्देशन र निर्माणमा बनेको नेपाली चलचित्र ‘मन बिनाको धन’ यही कात्तिक २१ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। बुधबार निर्मात्री विष्णु माया मैनाली र वितरण कम्पनीहरूसँगको सम्झौतापछि आधिकारिक मिति तय भएको हो।
चलचित्र नेपालभर एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीमार्फत वितरण हुनेछ।
फिल्ममा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, नीता ढुंगाना, भोला सापकोटा, रमा थपलिया, साम्राज्ञी थापा, बिना राउत, रविन्द्र झा लगायतका चर्चित कलाकारको दमदार अभिनय रहेको छ। कुनैबेला गीतले पनि चर्चा बटुलेको थियो ।
सामाजिक विषयवस्तुमा आधारित यस फिल्मको पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन्।
संगीतमा टंक बुढाथोकी, छायांकनमा सौरभ लामा, कोरियोग्राफीमा कविराज गहतराज र रामजी लामिछाने, सम्पादनमा मित्र डी. गुरुङ, र मुख्य सहायक निर्देशनमा नवराज शर्मा रहेका छन्।
फिल्मका कार्यकारी निर्मात्री सपना शर्मा तथा सहनिर्माताहरूमा जी.पी. संग्रौला, विवेक नेपाल र विजया पाण्डे छन्। कलाकारहरूको आकर्षक अभिनयले भरिपूर्ण ‘मन बिनाको धन’ले नेपाली दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।