बुटवल ।
नवलपुरको विनयी त्रिवेणीमा बाढीका कारण वैकल्पिक मार्गसमेत बन्द भएको छ।
विनयी खोलामा डाइभर्सन बगेसँगै दुम्किबास–सर्दी–होङ्सी सिमेन्ट गेटमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
खरङ्गे खोलामा पानीको बहाव बढ्दा कुनै पनि सवारी आवतजावत हुन नसक्ने अवस्था रहेको छ। साना तथा मध्यम सवारी साधनलाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ।

