अर्घाखाँची । १९औँ गणतन्त्र दिवस विभिन्न सामाजिक कार्यक्रमसहित अर्घाखाँचीमा मनाइएको छ।
दिवसको अवसरमा जिल्ला समन्वय समिति र सन्धिखर्क नगरपालिकाको संयुक्त आयोजनामा अर्घाखाँची अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिएको हो।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगनाथ तिवारी, सुरक्षा निकायका प्रमुख, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो। यसैगरी जेठ १४ गते साँझ सन्धिखर्कस्थित शहीद स्तम्भमा दीप प्रज्वलन गरेका थिए ।
उपस्थित अतिथिहरूले अस्पतालमा उपचाररत बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरेका थिए। सामाजिक सद्भाव, मानवीय सेवा र सहकार्यको भावनासहित आयोजना गरिएको उक्त कार्यक्रमले गणतन्त्र दिवसलाई थप अर्थपूर्ण बनाएको सहभागीहरूले बताएका छन् ।

