काठमाडौं– नेकपा (माओवादी) केन्द्रको बैठकले पदाधिकारी चयन गरेको छ । काठमाडौमा बसेको बैठकले यी नेतालाई पदाधिकारीमा जिम्मेवारी तोकेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरुङ रहेका छन् । त्यस्तै सचिवमा जनार्दन शर्मा, हरिबोल गजुरेल, वर्षमान पुन, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, मात्रिका यादव र शक्ति बस्नेत रहेको छन् । सचिवमा डिलाराम आचार्य, गणेश शाह, लिलामणि पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्कीको नाम पारित भएको छ । कोषाध्यक्षमा केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाललाई बनाइएको छ ।