अर्घाखाँची । अर्घाखाँची जिल्लामा प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मतगणना सुरु भएको छ।

सर्वदलीय सहमतिपछि मतगणना सन्धिखर्क नगरपालिका वडा-४ स्थित वाङ्लाबाट सुरु गरिएको हो। त्यसपछि १,२ हुँदै क्रमशः शितगंगा, भुमिकास्थान, मालारानी, छत्रदेव र पाणिनी गाउँपालिकाको मतगणना गरिनेछ।
जिल्लामा कुल १ लाख ७१ हजार ६ सय ५२ जना मतदाता रहेकामा ८६ हजार ६ सय ६८ मत खसेको छ। जसमध्ये ४७ हजार ६ सय ८८ महिला र ३८ हजार ९ सय ८० पुरुष मतदाता रहेका छन्।
जिल्लाभर कुल ५०.४९ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारी दिएका छन्।

