अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला सभापति पदकी उम्मेदवार सीता पराजुलीले आफू पार्टीबाट सभापति पदमा उम्मेदवारी दिने एक्ली महिला उम्मेदवार रहेको बताएकी छन्। उनले आफ्नो परिवार काठमाडौंमा बसोबास गरे पनि आफू भने निरन्तर अर्घाखाँचीमै बसेर पार्टी संगठन र जनताको सेवामा सक्रिय रहेको उल्लेख गरिन्।
पराजुलीले नेतृत्वमा महिलाको सहभागिता बढाउन आफूले उम्मेदवारी दिएको बताउँदै सभापति पदमा विजयी भए अर्घाखाँचीमा नयाँ इतिहास रच्ने दाबी गरिन्। “परिवार काठमाडौंमा भए पनि म जिल्लामै बसेर संगठन निर्माणमा खटिएकी छु।
पार्टीका सदस्य र आम नागरिकको विश्वास पाएर विजयी भए अर्घाखाँचीबाट महिला नेतृत्वको नयाँ इतिहास बन्नेछ” उनले भनिन्।
रास्वपा अर्घाखाँचीको जिल्ला सभापति पदका लागि सीता पराजुली, दिनेश सुनार , महेन्द्र कुँवर प्रतिस्पर्धाको लागि मैदानमा छन् ।

