अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको प्रथम जिल्ला अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी रहेको छ।
निर्वाचन समितिका अनुसार कुल २४८ मतदातामध्ये २०७ मत खसेको छ। हालसम्म ११८ मत गणना हुँदा सभापति पदका लागि प्रतिस्पर्धामा रहेका तीन उम्मेदवारमध्ये सीता पराजुलीले अग्रता कायम गरेकी छन्।
हालसम्मको मतपरिणाम अनुसार सीता पराजुलीले ५६ मत प्राप्त गरेकी छन् भने दिनेश विकल्पले ४५ मत र महेन्द्र कुँवरले १६ मत प्राप्त गरेका छन्।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ। नेपाल भर दोस्रो महिला सभापति बन्ने सम्भावना बोकेकी पराजुलीको अग्रताले अधिवेशनस्थलमा उत्साह थपिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्दियाको हिजो भएको अधिवेशन बाट निर्वाचित पहिलो महिला सभापति शान्ता बुढा क्षेत्री बनेकी हुन् ।

