नेपाल राज्य संवाददाता
काठमाडौं– नेकपा (एमाले) केन्द्रीय सचिव टोपबहादुर रायमाझीले अब मुलुकको स्थायित्व र विकासका लागि ठुला दल कांग्रेर र एमाले मिलेर सरकार बनाउनुपर्ने बताएका छन् । एमालेकाे अर्घाखाँची-काठमाडौं सम्पर्क मञ्चले अायाेजना गरेको बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा रायमाझीले जनताले कसैलाई पनि बहुमत नदिएको र ठुला दल मिलेर सरकार बनाउ भन्ने सन्देश दिएको बताए ।
उनले ठुला दल मिलेमा साना दल कोही कता जान्छन्, कोही कता जान्छन् र अस्तित्वमा नरहने दावी गरे । नेपालका बुद्धिजीवि वर्गले साना दललाई अस्थित्वमा आउन नदिन ठुला दल मिलेर सरकार बनाउनुपर्ने सुझाव पनि दिएको रायमाझीको तर्क छ ।