नेपाल राज्य संवाददाता
अर्घाखाँची– निवर्तमान उपसभामुख एवं अर्घाखाँची प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पा भुसालले संविधानमा भएका अधिकारलाई रक्षा गर्दै अर्घाखाँचीको विकास गर्ने आफ्नो प्राथमिकतामा रहेको बताइन । संसद भंग गरेर अधिकार खोस्ने काम भएकाले त्यसको जोगाउनुपर्ने बताइन ।
‘संविधानमा प्राप्त उपलब्धीलाई खोस्न संसद भंग समेत भयो, हामी त्यसको डटेर सामना ग¥र्यौ,’ सन्धिखर्कमा ऋषि धमलासँगको कार्यक्रममा गठबन्धनबाट साझा उम्मेदवार भुसालले भनिन, ‘संविधानलाई बचाउनकै लागि ५ दलीय गठबन्धन भएको हो । चुनावपछि पनि गठबन्धनकै सरकार बनेर देशको विकास गर्छौ ।’
२०१५ सालमा मन्त्री भएका आफ्ना स्वर्गीय पिताले गरेका योजनालाई आफुले पुरा गर्ने र नयाँ योजना भित्राएर समृद्ध अर्घाखाँची बनाउने आफ्नो मान्यता रहेको बताइन । युवालाई स्वरोजगार, गुणस्तरीय शिक्षा, सर्वशुभल स्वास्थ्य सेवा, पूर्वाधार निर्माण, पर्यटन विकास, नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजना सञ्चालन, व्यवस्थित सडक, कृषि उद्य्मबाट युवालाई स्वरोजगार, सबैका घरमा खानेपानी, सिचाई लगायतका विकासका काम गरेर अर्घाखाँचीलाई समृद्ध जिल्ला बनाउने उनको अठोट छ ।