काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले संसदमा दिएको अभिव्यक्तिको विरोध गर्दै एमाले निकट अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले आइतबार साँझ काठमाडौंको प्रदर्शनीमार्गमा मशाल जुलुस निकालेका छन्।
प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको केही जमिन मिचेको भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विद्यार्थी तथा युवा संगठनहरूले विरोध प्रदर्शन गरेका हुन्।
यस्तै नेपाल कम्युनिस्ट पार्टी विप्लव निकट विद्यार्थी संगठनले पनि काठमाडौंको माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाएको हो।

