अर्घाखाँची — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत मालारानी गाउँपालिकाको प्रथम गाउँ अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनले विक्रम महतको नेतृत्वमा ११ सदस्यीय गाउँपालिका अगुवा समिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नवनिर्वाचित समितिको सभापतिमा विक्रम महत चयन भएका छन् भने उपसभापतिमा टामलाल भुसाल, सचिवमा सन्तोष खनाल र सहसचिवमा मोहित वि.क. निर्वाचित भएका छन्। कोषाध्यक्ष पदमा गिरि प्रसाद बन्जाडे (जीपी बन्जाडे) मनोनित भएका छन्।
यस्तै सदस्यहरूमा गणेश खनाल, अन्जना खनाल, विष्णा पाण्डे वि.क., रिता जैसी घिमिरे, चन्द्रबहादुर वि.क. र कमल खत्री चयन भएका छन्।
अधिवेशनले नयाँ नेतृत्वमार्फत मालारानी गाउँपालिकामा पार्टी संगठनलाई थप सशक्त बनाउने, जनताका मुद्दालाई प्राथमिकताका साथ उठाउने तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

