अर्घाखाँची — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सन्धिखर्क नगरपालिकाको नगर अधिवेशनबाट पुनः राजु खड्काको नेतृत्वमा नयाँ नगर कार्यसमिति चयन भएको छ।
अधिवेशनले सर्वसम्मत रूपमा १५ सदस्यीय कार्यसमिति गठन गर्दै नगर संगठनलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरेको छ।
नवनिर्वाचित समितिको उपसभापतिमा हरीबहादुर गैरे, सचिवमा बाबुराम घिमिरे तथा सहसचिवमा स्नेहा परियार चयन भएका छन्।
यस्तै सदस्यहरूमा गोविन्द प्रसाद श्रेष्ठ, रामकुमार नेपाली, सरस्वती दमासे, जोमा आचार्य भुसाल, बन्धु नेपाली, बद्रीकुमार भुसाल, संजय आचार्य, सरीता भुसाल, लेखनाथ घिमिरे, हरिबहादुर क्षेत्री पाण्डे र शीमा क्षेत्री निर्वाचित भएका छन्।
खड्काले नेतृत्व चयनसँगै नगरस्तरमा पार्टी संगठन विस्तार, जनतासँगको सम्बन्ध थप सुदृढ बनाउने तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

