नेपाल राज्य संवाददाता
अर्घाखाँची– कांग्रेस केन्द्रीय सदस्य एवं अर्घाखाँची प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पा भुसालले अबको विकास अर्थपूर्ण सहित जनताले अनुभूति गर्ने खालको हुनुपर्ने बताइन । निवर्तमान उपसभामुख भुसालले राष्टिय बजेटको सही सदुपयोग हुने गरी हरेक योजनाको काम गर्नुपर्ने बताइन ।
मालारानी गाउँपालिकाका विभिन्न चुनावीसभालाई सम्बोधन गर्दै भुसालले अर्घाखाँचीमा गुणस्तरीय शिक्षा, सर्बशुलभ स्वास्थ्य, व्यवस्थित सडक, सबैका घरमा खानेपानी, सिचाइ सुविधा लगायतका जनताका आधारभूत विकासका आवश्यक्ता पुरा आफुले गर्ने बताइन । गाउँमा कृषि उद्यम, पर्यटन विकास, युवालाई रोजगारीका आधार निर्माण गरिदिने जस्ता कामलाई आफुले पहिलो प्राथमिकतामा राखेको उनले बताइन ।