बलिउड अभिनेता वरुण धवन र अभिनेत्री कियारा आडवाणी स्टारर ‘जुग जुग जियो’ले बक्स अफिसमा आक्रामक व्यापार गरेको छ ।
विश्वभर यस चलचित्रले १ सय करोडको आँकडा पार गरेको बताइएको छ ।
चलचित्रमा अनिल कपूरले समेत भूमिका निभाएका छन् ।
चलचित्र सय करोड क्लबमा समावेश भएपछि वरुण र अनिलले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।
ट्रेड एनालिस्ट तरण आदर्शले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यस चलचित्रले ९ दिनमा इण्डियामा मात्रै ४.७५ करोड भारतीय रुपैयाँ कमाएको बताएका छन् ।
चलचित्र १ सय ५ करोड बजेटमा निर्माण गरिएको थियो ।
चलचित्रले अहिलेसम्म इण्डियामा ६६.४४ करोड भारु कमाएको बताइएको छ ।