नेपाल राज्य संवाददाता
अर्घाखाँची– अर्घाखाँची प्रदेशसभा (ख) का उम्मेदवार तथा कांग्रेस नेता कमलप्रसाद भुसालले दुई/दुई पटक संसद भंग गरेर संविधान र उपलब्धीलाई मास्न खोज्ने केपी ओली प्रवृत्तिलाई जनताले जिताए देशले हार्ने बताए ।
उनले ६ दशक लामो संघर्षबाट बनेको संविधान र मुलुकमा प्राप्त उपलब्धीलाई रक्षा गर्न गठबन्धनले जित्नैपर्ने र चुनावपछि पनि गठबन्धनकै सरकार बन्नुपर्ने उनले बताए ।
शितगंगामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भुसालले संविधानको सही कार्यान्वयन गर्दै दीगो विकास गर्ने जिम्मा गठबन्धनको काँधमा आएको उनले बताए । ।